काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सर्मनाक हार व्यहोरेका छन् । ‘बदल्यो काँग्रेस, अव बदल्छौँ देश’ भनेर हिँडेका थापालाई भोट दिने जनताले भोट नै बदलेर घन्टीमा छाप हानेपछि अन्ततः थापाले हारेका हुन् । 

हारसँगै कांग्रेसको सभापतिबाट राजिनामा दिन उनलाई दबाब परेको छ । राजिनामा नदिए नैतिकताको कुरा उठ्ने, राजिनामा दिए म्यादी सभापतिको ट्याग लाग्ने भएपछि अहिले गगन तनावमा रहेको बुझिएको छ । गगन कुमार थापाले सर्वनाक हार व्यहोरेका छन् । थापालाई सर्लाही-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश कुमार सिंहले भारी मतले हराउने देखिन्छ । अमरेश कुमार सिंहले पहिलाे पटक नेपाली काङ्गेसबाट टिकट पाएर जीतेका थिए, द्राेस्राे पटक काङ्ग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र  भएर सर्लाही-४ बाट जीत निकालेका थिए । अहिले उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका थिए । उनकाे जीत लगभग पक्का भइसकेकाे छ । 

advertisement

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com