काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा भरतपुर महानगरकी पूर्व प्रमुख रेनु दाहालले जनताको अमूल्य मतको सम्मान गर्ने घोषणा गरेकी छिन् । फेशबुकमार्फत उनले आफूले सो क्षेत्रका जनताको काममार्फत मन जितेको भएपनि मत जित्न नसकेको स्विकारेकी छिन् । उनले लेखेकी छिन्–

जनताका सपनाहरु, आवश्यकताहरु, चाहानाहरु पुरा गर्नु नै मैले मेरा सपना ठानें।
झन्डै ३० वर्षे मेरो राजनितिक जिवनकालमा भरतपुरमा मैले मेरो जीवनको उर्जाशील ९ वर्ष यस ठाउँको बिकास, समृध्दि र सुशासनका लागि समर्पित गरें।
मलाई लाग्यो बिकासका लागी जनताका पक्षमा राम्रा निति नियम नहुनाले कामहरू असहज भईरहेका छन्।
त्यसका लागि म १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उमेदवारी दिई निर्वाचनमा होमिएं।
यधपी मत परिणाम आईसकेको छ। जनताको अमुल्य मतको सम्मान गर्दछु।
मैले काम द्वारा तपाईंहरुको मन त जिते तर मत जित्न सकिनँ। मत जित्ने मा.सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु।
प्रिय चितवनबासीको मत पक्कै खेर जानेछैन।आगामी दिनमा काम द्वारा जनतामा खुशीयाली र चितवनको थप बिकास र समृद्धी का लागी शुभकामना ब्यक्त गर्दछु।
यो सुनामीको लहडमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरु प्रति म ऋणी छु। तपाईहरूको यो गुन मैले कहिल्यै बिर्सने छैन।
चुनाबी अभियानमा निरन्तर सकृय र उत्साहका लाथ खट्नुहुने नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता तथा सम्पुर्ण समर्थक शुभचिन्तक एवं मिडीयाकर्मी ,कलाकारहरू प्रति बिशेष आभार सहित धन्यबाद ब्यक्त गर्दछु।
चितवनबासीको हक हित, बिकास र समृध्दिका लागि भने म निरन्तर साथमा हुनेछु। धन्यबाद”🙏🏽
नेकपा चितवन ३ उमेदवार
रेनु दाहाल।

advertisement

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com