काठमाडौं । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेल विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी, सोही क्षेत्रका निर्वाचित निवर्तमान सांसद नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहाल (राजन) १४ हजार ७८० मतसहित दोस्रो स्थानमा परेका छन्।

advertisement

गजुरेलको यो जितले सिन्धुली–२ मा रास्वपाको प्रभाव र जनताबीच पार्टीको लोकप्रियता झल्काएको छ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com