काठमाडौं । काभ्रेपलान्चोक–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बदन भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका मधु आचार्यलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आचार्यले १७ हजार ८६८ मत ल्याएका छन् भने नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया