काठमाडौं । नुवाकोट–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले अग्रता लिएका छन्। पछिल्लो मत अपडेटअनुसार उनले ७ हजार ६२६ मत प्राप्त गरी अग्रता कायम गरेका छन्।

यसअघि यस क्षेत्रमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिनाले ७ हजार ४३ मत प्राप्त गर्दै दोस्रो स्थानमा झरेका छन्।

advertisement

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हितबहादुर तामाङ ५ हजार ७३७ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा (एमाले) का बद्री मैनाली ३ हजार ४०४ मतसहित चौथो स्थानमा रहेका छन्।

त्यस्तै, उज्यालो नेपाल पार्टीका अमित तामाङले १ हजार २५४ मत प्राप्त गरेका छन्। यसैगरी नुवाकोट–१ मा प्रतिस्पर्धा निकै नजिक छ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com