काठमाडौं। शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ मा पराजित भएका छन्। उनले सो क्षेत्रबाट विजयी भएकी रुबिना आचार्य लाई बधाई दिएका छन्।

निर्वाचनपछि प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक निर्वाचन जित–हारभन्दा माथि एउटा संस्कार र संस्कृतिको विकास गर्ने प्रक्रिया भएको बताए। आफूले नेपाली कांग्रेस को ‘रुख’ चुनाव चिह्न लिएर मतदातासँग मत माग्दै घरदैलोमा पुगेको स्मरण पनि उनले गरेका छन्।

advertisement

कोइरालाले राष्ट्रको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा लोकतान्त्रिक प्रक्रियाबाट जनताको विश्वास जितेको सरकारले मात्रै गर्न सक्ने बताए। हालै सम्पन्न निर्वाचनबाट सक्षम र योग्य युवाहरू विजयी भएको उल्लेख गर्दै उनले उनीहरू संसदमा पुगेर नीति निर्माणमा भूमिका खेल्ने विश्वास व्यक्त गरे।

लोकतान्त्रिक इतिहास बोकेको मोरङ–६ बाट अत्यधिक मतका साथ विजयी भएकी आचार्यलाई बधाई दिँदै उनले क्षेत्रको सेवा, सुधार र समृद्धिका काममा आफ्नो साथ र समर्थन रहने बताएका छन्।

साथै, आफूलाई मत दिएर विश्वास गर्ने मोरङ–६ का सबै मतदातालाई उनले धन्यवाद दिएका छन्। निर्वाचन शान्तिपूर्वक सम्पन्न गराउन भूमिका खेलेका प्रशासन, सुरक्षा निकाय लगायतलाई पनि उनले आभार व्यक्त गरे।

उनले आफू पराजित भए पनि मोरङ–६ सँगको सम्बन्ध र प्रेममा कुनै कमी नआउने र यस क्षेत्रप्रति आफ्नो प्रतिबद्धता निरन्तर रहने विश्वास दिलाएका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com