ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तोसिमा कार्की भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

अन्तिम मतपरिणामअनुसार कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दै शानदार जीत हासिल गरेकी हुन्।

advertisement

उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन्। यससँगै कार्कीले ३४ हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेकी छन्।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार राजकाजी महर्जनले ६ हजार २२ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com