डडेलधुरा । डडेलधुरामा ३४ वर्षदेखि कायम रहेको नेपाली कांग्रेसको किल्ला यसपटक समाप्त भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी भारी मतान्तरसहित विजयी भएका छन्।

जोशीले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई ७ हजार १० मतले पराजित गर्दै जित हात पारेका हुन्। उनले कुल १९ हजार १३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी महरले १२ हजार १२१ मत पाए।

advertisement

यसैगरी प्रतिस्पर्धामा रहेका नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ मतसहित तेस्रो स्थान हासिल गरे। नेकपा एमालेका उम्मेदवार चक्र स्नेही भने ३ हजार २६ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भए।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com