झापा। झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचन प्रमाणपत्र ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकारीहरूले उनलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । ओलीले १८ हजार ७२४ मत प्राप्त गरे । दुवै उम्मेदवारबीच ४९ हजार ६१४ मतको फराकिलो अन्तर रह्यो ।
यो जितसँगै बालेन शाहले काठमाडौंको मेयर पदबाट सांसद बन्ने यात्रा पूरा गरेका छन् । निर्वाचन क्षेत्रमा मतदाताको उत्साहजनक सहभागिता रहेको र मतगणना शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमाणपत्र ग्रहणपछि बालेनले मतदाता तथा समर्थकहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया