काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।

काठमाडौं–४ बाट लगातार तीन पटक चुनाव जितेका थापा यसपटक मधेसको सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। तर उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेश कुमार सिंहसँग १२ हजार ८५७ मतान्तरले पराजित भएका हुन्।

advertisement

अन्तिम मत परिणाम अनुसार अमरेश कुमार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याएका छन्।

यस हारसँगै कांग्रेस सभापति थापाको संसद यात्रा यसपटकका लागि रोकिएको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com