काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र साह कलवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले ४६ हजार ८९० मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
कलवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ३३ हजार ५५२ मतान्तरले पराजित गरेका छन्।
तेस्रो प्रयासमा कलवार संसद पुग्न सफल भएका हुन्। २०७९ को निर्वाचनमा उनी नेकपा (एमाले)का हरिप्रसाद उप्रेतीसँग ७७० मतको झिनो अन्तरले पराजित भएका थिए।
निवर्तमान प्रतिनिधिसभा सदस्य उप्रेती भने यसपटक चौथो स्थानमा सीमित भए। उनले ५ हजार ७७६ मत मात्र प्राप्त गरेका छन्।
हाल रास्वपाबाट निर्वाचित भएका कलवार २०७९ को निर्वाचनमा भने नेकपा (माओवादी केन्द्र)बाट प्रतिस्पर्धामा उत्रिएका थिए। यसपटक भने उनले मनोनयन दर्ता हुनुभन्दा केही दिनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया