काठमाडौं । पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का माधव बहादुर थापा विजयी भएका छन्।
उनीले २६,७३६ मत प्राप्त गर्दै चुनाव जितेका छन्। उनका निकटतम प्रतिस्पर्धी, नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठ, १२,९९२ मत प्राप्त गरी दोस्रो स्थानमा छन्।
पूर्व विजेता नेकपा (एमाले)का ठाकुर प्रसाद गैरेले १०,५०३ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका सोम प्रसाद पाण्डेले ५,२८८ मत प्राप्त गरेका छन्।
राष्ट्रिय जनमोर्चाका बल बहादुर दर्लामीले ४२९ मत, रास्ट्रिय प्रजातन्त्र पार्टीका डुल बहादुर कुवरले ४४० मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया