काठमाडौं ।  देशभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव बढ्दै गएसँगै प्रमुख दलका धेरै शीर्ष नेता (अध्यक्ष/सभापति) पराजित भएका छन्।

अघिल्लो संसदको पहिलो ठूलो दल, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका छन्। त्यसैगरी, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि रास्वपाका बालेन शाहसँग हारिएका छन्।

advertisement

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि रास्वपाका उम्मेदवारसँग पराजित भएका छन्।

अहिलेसम्मको मत परिणाम अनुसार कुनै पनि पार्टीको अध्यक्ष वा सभापति हैसियतमा रास्वपा अध्यक्ष रवि लामिछानेनेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। यीमध्ये रवि लामिछाने विजयी भए पनि मुद्दा कारण संसदमा प्रवेश गर्न पाउने छैनन्।

त्यसैले अहिलेसम्मको नतिजाअनुसार पार्टी अध्यक्षको हैसियतमा संसदमा केवल प्रचण्ड मात्र हुनेछन्।

यद्यपि, यसै क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पनि सम्भावना कायमै छ, तर उनी लडेका निर्वाचन क्षेत्रको अन्तिम नतिजा अझै आउन बाँकी छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com