सुनसरी । सुनसरी–१ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा हर्क साम्पाङले अग्रता कायम गरेका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवार साम्पाङले हालसम्मको मतगणनामा उल्लेख्य मतान्तरसहित अघि बढिरहेका हुन्।

७३ हजार ८५१ मत गणना भइसक्दा साम्पाङले ३३ हजार ५६५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शरिन गोमा तामाङले २० हजार २३७ मत प्राप्त गरेकी छन्। यससँगै साम्पाङले तामाङभन्दा १३ हजार ३२८ मतले अग्रता बनाएका छन्।

advertisement

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले ५ हजार ५८९ मत प्राप्त गरेका छन्।

सुनसरी–१ मा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com