काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।

झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन् ।

advertisement

झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे ।

त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन् ।

झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरेका छन् ।

झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका छन् । बालेनका निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com