ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।

आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेलले ३९ हजार ४९१ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरेका छन्।

advertisement

त्यसैगरी उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५४७ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रेमबहादुर महर्जनले ४ हजार ५३६ मत पाएका छन्।

अन्य उम्मेदवारतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले १ हजार ७६० मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले १ हजार २१७ मत ल्याएका छन्। श्रम संस्कृति पार्टीका सरोज राईले ६०८ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाल मजदुर किसान पार्टीकी चिरी मैया महर्जन (लाखाजु)ले २०७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार उमङ्ग केसीले ९९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अष्टराज बज्राचार्यले ८७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com