काठमाडौं । सुनको मुल्य तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मुल्य प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएकाे छ । अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार चाँदीको मुल्य तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४७५ रुपैयाँमा कायम भएको छ ।
सार्वजनिक विदाका वावजुत पनि महासंघले यस दिन सुनचाँदीको भाउ तय गरेको छ ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया