तेहरान। इरानको अल्बोर्ज प्रान्त अन्तर्गत पर्ने कराज सहरको फर्दिस तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । यस घटनामा २१ जना घाइते भएको बताइएको छ ।

इरानी अर्धसरकारी तस्निम समाचार एजेन्सीले स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि उक्त तेल डिपोमा ठुलो आगलागी भएको थियो ।

advertisement

अधिकारीका अनुसार मृत्यु हुनेमध्ये डिपो नजिकैका घरमा बस्ने स्थानीय बासिन्दा पनि रहेका छन् । घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com