सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लालबिक्रम थापा विजयी भएका छन्। उनले ५७ हजार ३४८ मत प्राप्त गर्दै स्पष्ट जित हात पारेका हुन्।

थापाले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालालाई ४१ हजार २७७ मतको फराकिलो अन्तरले पराजित गरे। कोइरालाले भने १६ हजार ७१ मत मात्र प्राप्त गर्न सके।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार सुजन लामाले ८ हजार ३०३ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका चेतन राईले ७ हजार ४८४ मत पाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा कुल १ लाख ५८ हजार ९१० मतदाता रहेका थिए। तीमध्ये १ लाख १ हजार ४ मत खसेको थियो। खसेको मतमध्ये ६ हजार २२९ मत बदर भएको जनाइएको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com