एजेन्सी। इरानमाथि अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणको विरोध तथा युद्धविरामको माग गर्दै अमेरिकाका विभिन्न शहरहरूमा ठूलो प्रदर्शन भएको छ ।

न्यूयोर्कको म्यानहट्टनस्थित युनियन स्क्वायरमा हजारौं प्रदर्शनकारीहरू जम्मा भएका थिए । उनीहरूले ‘इरानमा युद्ध बन्द गर’, ‘इरानबाट हात हटाऊ’ र ‘युद्धविराम अबै’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीहरूले अमेरिकी सरकारलाई इजरायललाई दिएको सैन्य तथा कूटनीतिक समर्थन तत्काल रोक्न माग गरेका छन् ।

advertisement

प्रदर्शनमा सहभागी एक प्रदर्शनकारी एड्रिनाले भनिन्, “मलाई आशा छ कि सबै देशहरू र अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्न इजरायल र संयुक्त राज्य अमेरिकालाई दबाब दिनेछन् । यो द्वन्द्वले आर्थिक क्षति मात्र होइन, मानवीय संकट पनि निम्त्याइरहेको छ ।”

फेब्रुअरी २८ गतेदेखि सुरु भएको अमेरिका–इजरायली आक्रमणले मध्यपूर्वलाई हिंसाको नयाँ चरणमा पुर्‍याएको छ । इरानले इजरायल र क्षेत्रभरिका अमेरिकी लक्ष्यहरूविरुद्ध श्रृंखलाबद्ध प्रतिआक्रमण गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सईद इरावनीका अनुसार अमेरिका–इजरायली हवाई आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा १,३३२ इरानी नागरिकको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।

प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई इरानविरुद्धको सैन्य अभियान रोक्न तथा कूटनीतिक वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन् । अमेरिकाका अन्य शहरहरूमा पनि यस्तै विरोध प्रदर्शनहरू भइरहेका छन् ।

यो द्वन्द्व छैटौं दिनमा पुगिसकेको छ । खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा जोखिममा परेको छ । नेपाल सरकारले उच्च सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com