काठमाडौं । नुवाकोट २ मा मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महत झन्डै ४ हजार मतले पछि परेका छन्। हालसम्मको मतपरिणाम अनुसार महतले १६ हजार १४५ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिनाले अग्रता कायम राखेका छन्। तिमिल्सिनाले हालसम्म २० हजार २० मत प्राप्त गरेका छन्।

advertisement

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हितबहादुर तामाङले १२ हजार २०७ मत ल्याएका छन् भने नेकपा एमालेका बद्री मैनालीले ७ हजार ४६८ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com