काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानको मतगणना अन्तिम चरणतिर पुगेको छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ सिट जित्दै दुई तिहाइ बहुमत नजिक पुगेको छ। समानुपातिकतर्फ उसले ३७ लाख १ हजार १३१ मत प्राप्त गरेको छ भने एक निर्वाचन क्षेत्रमा अझै अग्रता कायम राखेको छ। मतगणना जारी रहेको गोरखा–१ मा रास्वपाले फराकिलो अग्रता बनाएको छ।
नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो स्थानमा रहेको छ। कांग्रेसले इलाम–१ मा अग्रता लिइरहेको छ भने समानुपातिकतर्फ १२ लाख ४९ हजार ८४० मत प्राप्त गरेको छ।
यसपटक अपेक्षाभन्दा कमजोर देखिएको नेकपा एमालेले प्रत्यक्षतर्फ ८ सिट जितेको छ र संखुवासभामा अग्रता कायम राखेको छ। समानुपातिकतर्फ एमालेले १० लाख ५९ हजार ८६ मत प्राप्त गरेको छ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले हालसम्म ७ सिट जितेको छ भने समानुपातिकतर्फ ५ लाख ४४ हजार १६६ मत प्राप्त गरेको छ।
प्रत्यक्षतर्फ १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ २ लाख ६० हजार ६४५ मत ल्याएको छ।
श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ भने समानुपातिकतर्फ २ लाख ४९ हजार ३४६ मत प्राप्त गरेको छ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया