काठमाडौं। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीले मिहिनेत गरे पनि अपेक्षाकृत मत आउन नसकेको गुनासो गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरूले मिहिनेत गर्दागर्दै र भ्रष्ट पार्टी नहुँदा पनि निर्वाचनमा अपेक्षाकृत मत आउन नसकेको गुनासो गरेका हुन् ।

उनले दलहरूले आफ्ना एजेण्डाहरूमा पुनर्विचार गरेर अगाडि बढ्नुपर्ने सन्देश अहिलेको परिणामले देखाएको धारणा राखे । उनले लेखेका छन्,‘राप्रपाले मिहिनेत नगरेको पनि होइन, हाम्रो नेतृत्व भ्रष्ट र खराब पनि होइन, हामीले जनहित विपरीतका काम गरेको पनि होइन तथापि अपेक्षाकृत मत आउन सकेन । ताजा जनादेशको स्पष्ट सन्देश : आफ्ना एजेण्डाहरुमा पूनर्विचार गर ।’

advertisement

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com