काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूहरू जनतामा लोकप्रिय छौँ भन्ने भ्रममा रहेको भन्दै वास्तवमा नेताको मात्रै प्रिय भएको स्वीकार गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको संगठनात्मक ढाँचामा आएको ह्रासप्रति व्यङ्ग्य गर्दै पिरामिड जस्तो बलियो संरचनालाई फुली थप्ने लोभमा सोली जस्तो बनाइएको टिप्पणी गरे।

उनले लेखेका छन्,‘नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि–भिजन,रि-थिंक,रि-स्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भैहाल्छ।पिरामिड थियो,फुलि थप्न सोली बनायौ। लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ।समयले सुधारेन भने डाईनोसर बनिएला क्यार्नु त ? डोन्टओरी !’

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com