भोजपुर। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा साढे तीन हजारभन्दा बढी मत बदर भएका छन् ।

प्रत्यक्षतर्फ खसेको कूल ५७ हजार ५९९ मतमध्ये तीन हजार ८७१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो सङ्ख्या कूल मतको ६ दशमलव ७२ प्रतिशत हो ।

advertisement

बदर भएका मतमध्ये एकभन्दा बढी चुनाव चिन्हमा मत सङ्केत गरिएको सङ्ख्या बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार कतिपय मतदाता मतदान प्रक्रिया राम्रोसँग नबुझेर नभइ जानाजान पनि मत बदर गरिएको जस्तो देखिएको छ ।

एक भन्दा बढी चिन्हमा सङ्केत गरेको मत कोटाभित्र स्पष्ट रुपमा लगाइएको पाइएको उनको भनाइ छ । निर्वाचन प्रक्रियाबारे जानकारी नभएर ल्याप्चे लगाउने जस्ता मत भने तुलनात्मक रूपमा न्यून रहेको उनले बताए। जिल्लामा कूल एक लाख २५ हजार ७६६ मतदाता रहेका थिए ।

समानुपातिकतर्फको मतगणना अझै जारी रहेकाले त्यसतर्फ बदर भएको मतको विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त निर्वाचनमा ध्रुवराज राई (श्रम संस्कृति पार्टी) १६ हजार ६६३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी शेरधन राई (नेकपा एमाले) ले १४ हजार ७५० मत प्राप्त गरे।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com