काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित साहले सोमबार आयोगमा आफ्नो खर्च विवरण पेश गरेका हुन्।

आयोगमा बुझाइएको विवरण अनुसार साहले चुनाव प्रचार तथा अन्य गतिविधिमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

खर्च विवरणमा सवारी साधन भाडा २ लाख ९३ हजार ५०० रुपैयाँ, हवाई भाडा ३५ हजार रुपैयाँ, मतदाता प्रशिक्षण कार्यक्रमका लागि खाना खर्च २९ हजार ३९० रुपैयाँ, वडा स्तरीय प्रचार कार्यक्रममा खाजा खर्च २८ हजार ९७० रुपैयाँ र विभिन्न प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको देखाइएको छ।

यसैगरी, उम्मेदवारी मनोनयनका लागि उनले १० हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख गरिएको छ।

बालेन शाहले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण:

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com