काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ ९२ लाखभन्दा बढी मत गणना भइसकेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म ९२ लाख ९९ मत गणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४८.३१ प्रतिशत मत पाउँदै पहिलो स्थान ओगटेको छ।
त्यस्तै, नेपाली कांग्रेसले १६.१६ प्रतिशत, नेकपा एमालेले १३.५५ प्रतिशत मत पाएको छ। अन्य दलमध्ये नेपाली कम्युनिस्ट पार्टीले ७.२७ प्रतिशत, श्रम संस्कृति पार्टीले ३.४६ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.२३ प्रतिशत मत प्राप्त गरेका छन्।
संख्यात्मक रूपमा, राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ४४ लाख ४४ हजार ५१० मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १४ लाख ८६ हजार ४०३ मत, नेकपा एमालेले १२ लाख ४६ हजार १९२ मत पाएको छ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ६९ हजार १३०, श्रम संस्कृति पार्टीले ३ लाख १८ हजार ४५६, र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ९७ हजार २०१ मत प्राप्त गरेका छन्।
अहिलेसम्म अन्य दलमा जनता समाजवादी पार्टीले १ लाख ४२ हजार ६९९ मत र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ३९ हजार ३४५ मत प्राप्त गरेको आयोगले जनाएको छ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया