गुल्मी। गुल्मीमा माछा मार्न भन्दै खोलामा गएका एक युवकको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका वडा नं. १ अरेवाका २१ वर्षीय दीपजन दर्लामीको बढिगाड खोलामा डुबेर मृत्यु भएको हो।

advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार दीपजन आइतबार साँझ माछा मार्न भन्दै आफ्नै छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग बढिगाड खोलातर्फ गएका थिए।

माछा मार्नका लागि जाल बोकेर गएका दीपजन खोलामा डुबेपछि डम्बरले दीपजन डुबेकोबारे स्थानीयवासी र प्रहरीलाई जानकारी गराएका थिए।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पौदी अमराईको प्रहरी टोलीले आइतबार साँझदेखि नै दीपजनको खोजी सुरू गरेको थियो।

स्थानीयबासीको सहयोगमा खोजी गर्दै जाँदा प्रहरीले दीपजनको शव सोमबार बिहान मुसिकोट नगरपालिका वडा नं. १ स्थित उपल्लो राक्से क्षेत्रको बढिगाड खोलामा फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com