काठमाडौं । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ को पछिल्लो तथ्याङ्कअनुसार काठमाडाैं  विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये पहिलो स्थानमा पुगेको छ।

संस्थाको अद्यावधिक विवरणअनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क एक्यूआई १८४ पुगेको छ, जुन जनस्वास्थ्यका दृष्टिले ‘अस्वस्थ’ श्रेणीमा पर्ने स्तर हो।

advertisement

आज काठमाडौँ उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकिएको छ। प्रदूषणका कारण सर्वसाधारणले प्रत्यक्ष रूपमा असहजता महसुस गरिरहेका छन्। धेरै मानिसमा आँखा पोल्ने, घाँटी चिलाउने तथा श्वासप्रश्वासमा समस्या देखिन थालेको छ।

काठमाडौँपछि बङ्गलादेशको ढाका १७० एक्यूआईका साथ दोस्रो र भारतको कोलकाता १६९ एक्यूआईका साथ तेस्रो स्थानमा रहेका छन् ।

विज्ञहरूका अनुसार काठमाडौँमा बढ्दो सवारी साधनको चाप, सडक विस्तार तथा निर्माण कार्यका क्रममा उड्ने धुलो र देशका विभिन्न क्षेत्रमा फैलिएको वन डढेलोका कारण वायु प्रदूषण तीव्र रूपमा बढ्दै गएको हो।

चिकित्सकहरूका अनुसार यस्तो प्रदूषित वातावरण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दम, फोक्सो वा मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि बढी जोखिमपूर्ण हुन सक्छ। उनीहरूले अनावश्यक बाहिर ननिस्कन र आवश्यक परे मास्क प्रयोग गर्न सुझाव दिएका छन्।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com