काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई अहिले राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजयपछि थापा राजीनामा दिन इच्छुक भएका थिए र उनले उपसभापति विश्वप्रकाश शर्मासँग पनि परामर्श गरेका थिए।

तर नेता भण्डारीको मत अनुसार, अहिले राजीनामा दिनु विकल्प होइन र पार्टीलाई नियमित महाधिवेशनतर्फ अग्रसर गर्नुपर्ने समय आएको छ। अधिवेशनका लागि भएको चुनाव नियमित प्रकृतिको थिएन। त्यसैले गगनकुमार थापाले नैतिकताको नाममा पद छोड्नुभन्दा छिटो अधिवेशनमा गएर जिम्मेवारी निर्वाह गर्नु नै उपयुक्त र समयसापेक्ष कदम हो। उनले जोड दिए, “अहिले कांग्रेसलाई जोगाउनु नै एक नैतिक दायित्व हो। वर्तमान कटु यथार्थ के हो भने—युवाहरू पार्टी छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्नु हुँदैन।”

advertisement

नेता भण्डारीले नेपाली राजनीतिमा नैतिकताको अवस्था प्रायः मृत भएको बताएर अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ नेतृत्वका लागि नयाँ विरुवा रोप्नैपर्ने धारणा राखेका छन्।

उनले थपे, “समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। यदि इच्छाशक्ति र साहस छ भने, नेपाली कांग्रेसलाई बचाउने लडाईं आज पनि सम्भव छ।”

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com