काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने कार्यका लागि देशव्यापी रूपमा श्रमदातालाई तयार रहन आह्वान गरेका छन्। सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै साम्पाङले पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले मान्छे पठाएको जानकारी गराएका छन् । हर्क साम्पाङले दार्चुला मा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने योजना अघि बढाएको बताएका छन्।

उनले पुल निर्माण स्थलको भौगोलिक अवस्था र प्राविधिक जानकारी लिन अग्रिम टोली पठाइसकेको जानकारी दिएका छन्। दुर्गम क्षेत्रमा मोटर बाटो नपुगेका कारण डोजर, क्रसर तथा अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव नभएको उनले बताए।

advertisement

साम्पाङका अनुसार टोलीले वस्तुस्थिति बुझेर जानकारी दिएपछि आफू पनि निर्माण स्थल पुग्नेछन्। त्यहाँ बिजुली सुविधा नभएकाले ड्रिल मेसिन प्रयोग गर्न नसकिने र जेनेरेटर लैजान पनि कठिन हुने उनले बताएका छन्।

त्यसैले श्रमदानमा सहभागी हुनेहरूले घन, मार्तोल, बेल्चा, गैँती र झब्बलको प्रयोग गरी ढुङ्गा फुटाउनेदेखि बाटो खन्नेसम्मका काम हातैले गर्नुपर्ने उनले बताए। पुल निर्माण कार्य सम्पन्न गर्न करिब १५ देखि २० दिन लाग्ने अनुमान गरिएको छ।

साथै उनले सहयोगी दाताहरूलाई न्यूनतम १० रुपैयाँदेखि माथि आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गर्न पनि आग्रह गरेका छन्।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com