काठमाडौं। प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।

बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट मधुबन नगरपालिका-७ शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका-६ गुवाबारीबाट सोही गाउँपालिका-६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

advertisement

त्यसैगरी सुनसरी, इनरुवा नगरपालिका-४ बाट सोही उपमहानगरपालिका-१८ का जेम्स राई र सोही उपमहानगरपालिका-१७ का सिद्धार्थ चौधरी पक्राउ परेका छन्।

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट सोही नगरपालिका-७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीबाट राक्सिराङ गाउँपालिका-६ धुसराङ बस्ने सन्त सिंह लामा र सोही गाउँपालिका-२ बस्ने सन्तवीर मोक्तानलाई पक्राउ गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने प्रतिक चौधरीलाई कैलालीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका-१९ धामी चोकबाट सोही उपमहानगरपालिका-१९ बस्ने बिवेक चौधरी, सोही उपमहानगरपालिका–१२ जुगेडा बस्ने नमराज बराइली र छत्र बहादुर विक पनि लागुऔषधसहित पक्राउ परेका छन्।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ अमौरीबाट जानकी गाउँपालिका-२ परागिपुर बस्ने रमेश दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ।

बाँके, कोहलपुर नगरपालिका-११ सिद्धनगर डेरा गरी बस्ने गोबिन्द सुनार पनि पक्राउ परेका छन्।

कास्की, पोखरा महानगरपालिका-९ शान्तिवनबाट सोही ठाउँ बस्ने सुनिल कमरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com