काठमाडौं । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४, पशुबजार नजिक प्रहरीले सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा–सुगौलीबाट खटिएको टोलीले जगरनाथपुरतर्फ जाँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा चालक प्रहरीलाई देख्नासाथ ट्याक्टर छोडेर फरार भएको थियो।
प्रहरीले ट्याक्टर तलासी गर्दा २२ वटा प्लास्टिकको पोकामा रहेको करिब २१३ किलो गाँजा बरामद गरेको जनाएको छ।
हाल प्रहरीले फरार चालकको खोजी तीव्र रूपमा गर्दै यस घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया