काठमाडौंश्रम संस्कृति पार्टी ले जेनजी आन्दोलनपछि गठन भई यस निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त दलको दर्जा हासिल गरिसकेको छ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

advertisement

तर समानुपातिक मत परिणाम हेर्दा मधेस प्रदेशमा भने श्रम संस्कृति पार्टी को प्रभाव कमजोर देखिएको छ।

निर्वाचन आयोगका अनुसार मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये सबै क्षेत्रमा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ धेरथोर मत प्राप्त गरेको छ।

तीमध्ये महोत्तरी क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी मत प्राप्त भएको छ। महोत्तरी–१ मा पार्टीले समानुपातिकतर्फ १ हजार ३०८ मत पाएको छ।

यस प्रदेशमा सबैभन्दा कम मत भने रौतहट क्षेत्र नम्बर ३ मा पाएको छ, जहाँ पार्टीले जम्मा २ मत मात्र प्राप्त गरेको छ।

मधेसका विभिन्न क्षेत्रमा प्राप्त मत

सप्तरी–१ मा २५३, सप्तरी–२ मा १५७, सप्तरी–३ मा १९० र सप्तरी–४ मा २२२ मत प्राप्त भएको छ।

सिराहा–१ मा २५५, सिराहा–२ मा ३१७, सिराहा–३ मा ३९० र सिराहा–४ मा १४४ मत पाएको छ।

धनुषा–१ मा ४६२, धनुषा–२ मा २१, धनुषा–३ मा ३६३ र धनुषा–४ मा ५१८ मत प्राप्त भएको छ।

महोत्तरी–१ मा १,३०८, महोत्तरी–२ मा ३२८, महोत्तरी–३ मा ७४ र महोत्तरी–४ मा २४ मत पाएको छ।

सर्लाही–१ मा ८०१, सर्लाही–२ मा ५३, सर्लाही–३ मा ८७१ र सर्लाही–४ मा २७ मत प्राप्त भएको छ।

रौतहट–१ मा ४५, रौतहट–२ मा १८, रौतहट–३ मा २ र रौतहट–४ मा १० मत पाएको छ।

त्यस्तै, बारा–१ मा ५९२, बारा–२ मा ६५, बारा–३ मा २९६ र बारा–४ मा ४४९ मत प्राप्त भएको छ।

त्यसैगरी पर्सा–१ मा १६४, पर्सा–२ मा १४८, पर्सा–३ मा ३३३ र पर्सा–४ मा २०३ मत प्राप्त भएको छ।

मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये श्रम संस्कृति पार्टीले रौतहट–३ मा तुलनात्मक रूपमा सबैभन्दा कम मत प्राप्त गरेको देखिएको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com