काठमाडौं । गोरखा जिल्लाको गोरखा नगरपालिका–७का सुजन उपरकोटीले कोरिया पठाउने बहनामा खोटाङकी अनुषा तामाङलाई रु एक लाख ठगी गरेको आरोप लागेको छ।

धार्मिक सेमिनारका लागि भिजिट भिसा (भ्रमण प्रवेशाज्ञा)मा कोरिया पठाउने बहनामा सुजनले केपिलासगढी गाउँपालिका–४ बाक्सिला पूर्ख्यौली थलो भई हाल धरान उपमहानगरपालिका–१५ बस्दै आउनुभएकी तामाङलाई ठगी गरेको आरोप लागेको हो।

advertisement

तामाङले कोरिया पठाइदिने भन्दै गत साउनमा बैंकिङ कारोबारमार्फत रु एक लाख दिएको बताए। हाल काठमाडौं मनमैजु बस्दै आउनुभएका सुजनले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर, कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको तामाङको आरोप छ।

पैसा फिर्ता माग्दा ‘दिन्छु–दिन्छु’ भन्दै झुलाउने गरेको अनुषाका बुवा पहलमान तामाङले बताए। पैसा फिर्ता नदिएमा कानुनी उपचार खोज्ने पीडित तामाङ परिवारले जनाएको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com