काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटा ले पार्टीका वर्तमान कमीकमजोरी सच्याउन नसके आगामी निर्वाचनमा पार्टी सकिन सक्ने चेतावनी दिएका छन्।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएपछि पार्टीभित्र नीति, रणनीति र नेतृत्वबारे गम्भीर समीक्षा गर्नुपर्ने आवाज उठिरहेका बेला बास्कोटाले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले पाँच वर्षअघिको राजनीतिक घटनाक्रम पनि स्मरण गर्दै पार्टीले आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।
“सक्किएको त छैन, तर अहिलेका गल्ती सच्याइएन भने अर्को पटक सकिन सक्छ,” बास्कोटाले भने।
हालैको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ गरेर करिब २५ सिट हाराहारी मात्रै जित्न सफल भएको छ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया