काठमाडौं । सोविता गौतम ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको आफ्नो खर्च विवरण सार्वजनिक गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गौतमले निर्वाचन आयोग नेपाल मा पेस गरेको विवरणअनुसार उनले जम्मा ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेको उल्लेख छ।
विवरणअनुसार मनोनयन दर्तामा ५ हजार, प्रचार–प्रसार सामग्री खरिदमा ३ लाख १७ हजार ४ सय, मतदातालाई एक दिन प्रशिक्षण दिन ३० हजार, नमूना मतपत्र तथा घोषणापत्र छपाइमा ७४ हजार २ सय, वडास्तरीय प्रचारप्रसार (१५ दिन) मा १ लाख, दुई वटा सवारीसाधन १५ दिन प्रयोग गर्दा ३ लाख २५ हजार खर्च भएको छ।
यसैगरी स्टेसनरीमा २३ हजार ४४५ तथा खाद्यान्न, रासन र पानीमा १ लाख १८ हजार खर्च भएको उल्लेख गरिएको छ।
चितवन–३ बाट गौतम ५९ हजार २७७ मत सहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी रेनु दाहाल ले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन्। गौतम ३८ हजार ६६२ मतान्तरले विजयी भएकी हुन्। यस क्षेत्रमा जम्मा १ लाख ५३ मत खसेको थियो।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया