काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले काठमाडौं–५ क्षेत्रबाट लडेका प्रतिनिधिसभा सदस्य निर्वाचनमा गरेको खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।

आयोगमा बुझाइएको विवरणअनुसार प्रदीप पौडेलले निर्वाचन अवधिभर कुल २३ लाख ८६ हजार ३ सय ६८ रुपैयाँ खर्च गरेका छन्।

advertisement

काठमाडौं–५ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सस्मिता पोखरेलबीच प्रतिस्पर्धा भएको थियो। यस निर्वाचनमा सस्मिता पोखरेलले ३० हजार ७ सय ३७ मत प्राप्त गर्दै विजयी भएकी थिइन् भने पौडेलले ९ हजार १ सय ५९ मत पाएका थिए।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com