काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ क्षेत्रबाट नेकपाका मातृका यादवलाई विजयी घोषणा गरेको छ।

यस क्षेत्रका रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भइसकेको र उनका पक्षमा अत्यधिक मत परेपछि विवाद उत्पन्न भएको थियो। तर निर्वाचन आयोगले दोस्रो स्थानमा रहेका मातृका यादवलाई नै निर्वाचित घोषणा गरेको हो।

advertisement

पहिले निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित प्रमाणपत्र प्रदान गरिसकेको थियो। सुरुमा प्रमाणपत्र नदिइएको कारण नेकपाले विरोध जनाएको थियो। आयोगले उम्मेदवारी खारेज भएकाले किशोरी साहको मत आधिकारिक वेबसाइटमा अद्यावधिक नगरेको बताइएको छ। त्यसैले यादव पहिलो स्थानमा रहेर विजयी भएका हुन्।

किशोरी साह कालो सूचीमा परेपछि उनका उम्मेदवारी खारेज गरिएको थियो। उनी तुरुन्तै अदालत पुगेकी थिइन् भने अदालतले उनको मुद्दामा शुक्रबार निर्णय गर्ने तयारी गरेको छ।

यससँगै निर्वाचन आयोगले देशभरका १६५ निर्वाचन क्षेत्रको मतपरिणामसहित विजेताको घोषणा सम्पन्न गरेको छ। समानुपातिक निर्वाचनको मतपरिणाम पनि गणना भइसकेको छ।

 

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com