काठमाडौं । डोनाल्ड ट्रम्प ले इरानविरुद्ध जारी सैन्य कारबाहीको प्रशंसा गर्दै अमेरिकी सेनाले छोटो समयमै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन्। डोनाल्ड ट्रम्पका अनुसार अमेरिकी सेना ले केही घण्टामै  इरानको नौसेना र इरानको वायुसेना लाई ध्वस्त पारेको छ।

हामीले जित्यौं। पहिलो घण्टामै सबै सकियो, ट्रम्पले भने। उनले दुई दिनभित्र अमेरिकाले ५४ वटा इरानी जहाज ध्वस्त पारेको दाबी गरे। केही समयपछि उनले उक्त संख्या बढाएर ५८ वटा जहाज भएको बताएका थिए।

advertisement

तर उक्त तथ्यांक यसअघि सार्वजनिक गरिएको थिएन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई स्वतन्त्र रूपमा पुष्टि गरेका छैनन्।

डोनाल्ड ट्रम्प ले अपरेशन एपिक फ्युरी ले विश्व बजारमा तेलको मूल्य घटाउन मद्दत गर्ने र वैश्विक खतरा कम गर्ने दाबी समेत गरेका छन्।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com