काठमाडौं। परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोली को दोस्रो बैठक बुधबार परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ ।

बैठकमा पश्चिम एसियाली मुलुकहरूमा रहेका नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सरकारले हालसम्म गरेका प्रयास र प्रगतिको समीक्षा गरिएको थियो । बैठकले नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न समन्वय तथा पहललाई निरन्तरता दिने, हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने र आपत्कालीन नियन्त्रण कक्षलाई नेपालका नियोगहरूसँग सम्पर्कमा आएका नेपालीहरूलाई सहयोग गर्ने निर्णय गरेको छ ।

advertisement

यसैबीच फागुन २१ गते अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त हवाई हमला गरेपछि पश्चिम एसियाली मुलुकहरूमा तनाव बढेको छ । रोजगारीका लागि ती मुलुकमा रहेका धेरै नेपालीहरूको सुरक्षा जोखिममा परेको छ ।

परराष्ट्र मन्त्रालयले आपत्कालीन अवस्थामा नेपाली नागरिकहरूको उद्धार तथा सहयोगका लागि आवश्यक तयारी र समन्वयलाई उच्च प्राथमिकता दिएको छ । आपत्कालीन नियन्त्रण कक्षमार्फत नेपाली दूतावास तथा नियोगहरूसँग निरन्तर सम्पर्कमा रहने र आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

पश्चिम एसियाली मुलुकहरूमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com