काठमाडौं । नेपाल आयल निगमले बजारमा देखिएको ग्यास अभावलाई व्यवस्थापन गर्न नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। निगमका अनुसार शुक्रबारदेखि उपभोक्तालाई आधा सिलिन्डर ग्यास मात्रै बिक्री वितरण गरिनेछ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी ग्यास भरिएको आधा सिलिन्डर किन्न पाउनेछन्। यस सिलिन्डरको मूल्य पनि हाल प्रचलित दरको आधा नै कायम गरिएको उनले जानकारी दिए।

advertisement

अन्तर्राष्ट्रिय स्तरमा बढ्दो द्वन्द्वका कारण एलपी ग्यासको माग अचानक बढेको र आपूर्तिमा दबाब परेको भन्दै निगमले बजारमा ग्यासको पहुँच समान रूपमा पुर्‍याउन यस्तो व्यवस्था लागू गरिएको जनाएको छ।

भट्टका अनुसार आधा सिलिन्डर वितरण प्रणाली लागू गर्दा सीमित आपूर्तिबाट पनि धेरै उपभोक्तासम्म ग्यास पुर्‍याउन सकिनेछ। ‘पहिले एउटै परिमाणको ग्यासले करिब एक हजार उपभोक्तालाई मात्रै पुग्थ्यो भने अब त्यसैले करिब दुई हजार उपभोक्ताले सेवा पाउन सक्छन्,’ उनले बताए।

नेपाल आयल निगमले यो व्यवस्थाले ग्यास अनावश्यक रूपमा थुपारेर राख्ने प्रवृत्तिलाई पनि नियन्त्रण गर्ने अपेक्षा गरेको छ। आधा सिलिन्डर भएकाले अत्यधिक भण्डारण गर्ने सम्भावना कम हुने र वास्तविक आवश्यकता भएका उपभोक्ताले मात्र खरिद गर्ने निगमको भनाइ छ।

निगमका अनुसार यो निर्णयले हाल बजारमा देखिएको ग्यास अभाव कम गर्न सहयोग पुग्नेछ र उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने अवस्था बन्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com