काठमाडौं । क्रोएसियामा भएको सडक दुर्घटनामा परी दुई नेपालीको ज्यान गएको छ।
ज्यान गुमाउनेमा झापा मेचीनगर–१२ नयाँ वस्तीका ३९ वर्षीय भरत कार्की र सल्यान कुमाख गाउँपालिका २७ वर्षीय भुवन विक रहेका छन्।
रोजगारीका लागि बोस्निया गएका उनीहरू घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटना भएर मृत्यु भएको बताइएको छ।
दुर्घटनामा एक नेपाली महिला एक पाकिस्तानीसमेत घाइते भएको बताइएको छ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया