काठमाडाैं  । लेनदेन (विगो) मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने रामेछाप मन्थली नगरपालिका-४ घर भएका ४३ वर्षीय ध्रुर्व प्रसाद भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत ललितपुरको २०७५ साउन २५ गतेको फैसलाले उक्त मुद्दाका फरार प्रतिवादी १ वर्ष कैद सजाय ठहर भईफरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

advertisement

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com