काठमाडौँ । विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको गौरादहका ४८ वर्षीय ईश्वरी पाण्डे र दोलखाको बैतेश्वर गाउँपालिका–१ का ७२ वर्षीय ओमप्रकाश तिम्सिना रहेका छन्।
उनीहरूले आकर्षक तलबको रोजगारी दिलाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम लिएपछि सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए।
प्रहरीका अनुसार पाण्डेले अष्ट्रिया पठाइदिने भन्दै दुई जनाबाट र तिम्सिनाले जापान पठाइदिने भन्दै एक जनाबाट रकम ठगी गरेको आरोप लागेको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया