काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीका नेता शेरबहादुर तामाङलाई २०३८ सालदेखि यताका राजनीतिक इतिहास पुनरावलोकन गर्न सुझाव दिएका

छन्।

advertisement

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले आफू व्यक्तिगत स्वार्थका लागि गुट परिवर्तन गर्ने वा पार्टी फुटाउन पछि नपर्ने व्यक्ति नभएको बताएका छन्। उनले लेखेका छन्, “आफ्नो र श्रीमतीको पदका लागि गुट बदल्ने मात्र होइन, पटक–पटक पार्टी फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र म होइन।”

बास्कोटाले थप लेखेका छन्, “भन्न मन थिएन तर मैले आफ्नो मत राखेकै कारण शेरबहादुर तामाङजी सार्वजनिक रूपमा ममाथि जाइलाग्नुभयो। म तपाईं जस्तो केवल आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने वा पार्टी फुटाउन पछि नपर्ने व्यक्ति होइन। २०३८ सालदेखि यताका इतिहास हेरे पुग्छ।”

यसअघि तामाङले आफ्नो क्षेत्रमा मत जोगाउन नसक्नेहरूले नेतृत्वको राजीनामा माग्ने नैतिकता नहुने टिप्पणी गर्दै एमाले नेतृत्वको आलोचना गरेका थिए। सोही टिप्पणीको जवाफस्वरूप बास्कोटाले प्रतिक्रिया दिएका हुन्।

तामाङ सिन्धुपाल्चोकका हुन् भने बास्कोटा काभ्रेका नेता हुन्। दुवै जना पूर्वमन्त्रीसमेत हुन्।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com