काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।

पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ। बैठक बीपी नगर स्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जनाइएको छ।

advertisement

बैठकमा प्रतिनिधिसभाको समानुपातिक प्रणाली अन्तर्गत चयन हुने सांसदहरूको नाम अन्तिम रूप दिने विषय मुख्य एजेन्डाका रूपमा रहनेछ। निर्वाचनअघि निर्वाचन आयोग मा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये पार्टीले प्राप्त गरेको सिट संख्याका आधारमा योग्य उम्मेदवार छनोट गरी आयोगमा पठाउने विषयमा छलफल तथा निर्णय गरिने बताइएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल द्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमा बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com