काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा समानुपातिक  सांसद हरूको नामावली अन्तिम रूप दिएको छ। शनिबार (फागुन ३०) भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकमा नाम टुंगो लागेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन्।

एमालेले समावेशी सिद्धान्तअनुसार विभिन्न जात, समुदाय र समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै समानुपातिक सांसद हरू चयन गरेको सचिव बस्नेतले बताए। उनले सबै चयनित सांसदलाई हार्दिक बधाई पनि दिएका छन्।

advertisement

एमाले समानुपातिक सांसद को नामावली यस प्रकार छः

जनजाति (४ जना)

महिला: भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ

पुरुष: रामबहादुर थापा मगर, कुलभक्त शाक्य

 

खसआर्य (५ जना)

महिला: पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष: गुरुप्रसाद बराल, पुष्पराज कंडेल

 

थारु (१ जना)

पुरुष: कृपाराम राणा

 

दलित (२ जना)

महिला: विष्णुमाया वी.के., नीता घटानी

 

मधेसी (३ जना)

महिला: रिङ्ला यादव, यशोधा कुमारी यादव

पुरुष: चन्द्रेश्वर मण्डल

 

मुस्लिम (१ जना)

महिला: साजिदा सिद्दीकी

 

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com