रोल्पा । रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिलाको मृत्यु भएको छ।
शनिबार मध्यान्ह करिब १२ बजे रून्टिगढी गाउँपालिका–७ खाक्सिवनकी निर्मला बुढाथोकी रोल्पामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घटनास्थलमै निधन भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार निर्मला ७ जना छिमेकीहरूसँग घर नजिकैको डाँडामा माटो लिन गएकी थिइन्। माटो खन्ने क्रममा ढिस्को खस्दा उनी र उनका साथीसँग रहेका केही व्यक्ति पुरिएका थिए। प्रहरी टोली घटनास्थल पुगेपछि माटो पन्छाएर उनको शव निकालिएको थियो।
घटनामा २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीय पार्वती पुन घाइते भएका छन्। उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ। बाँकी तीन जना भने सुरक्षित रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरी घटनाको अनुसन्धान गर्दै घटनाको कारण पत्ता लगाउने कार्यमा लागिपरेको छ।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया