काठमाडौं। ऋषि धमलाले बलात्कारपछि हत्या भएकी सुर्खेतकी इनिशा बिकको न्यायको लागि लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धमला इनिशाको परिवारलाई भेट्न सुर्खेत पुगेको बेलामा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

advertisement

धमलाले इनिशाकी आमालाई छोरीको न्यायको लागि आफू सधैं साथमा रहने र अन्तिमसम्म लड्ने विश्वास दिलाए ।

उनले भने,‘तपाईंको छोरीलाई न्याय दिलाएरै छोड्छु । इनिशा मेरो पनि छोरी हुन् ।

यो घटनामा संलग्न अपराधीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’

धमलाले अब संविधान संशोधन गरेर भएपनि बलात्कारीहरुलाई उम्किन नदिने बताए ।

उनले भने,‘म एउटा अभियानमा छु, अब यो देशमा ऐन, कानुन र संविधान संशोधन गरेर भएपनि बलात्कारीहरुलाई कस्तो कारबाही गर्ने भन्ने बहस सुरु भएको छ,

फाँसीको सजाय हुनुपर्छ भन्ने जनमत देखिएको छ, त्यसको लागि के के गर्नुपर्छ भन्नेमा हामी लागेका छौं ।’

इनिशा बिकको बलात्कारपछि हत्या प्रकरणमा सारा नेपाली पीडामा रहेको र

सबै जनताको आँखामा आँशु रहेको स्मरण गराउँदै उनको न्यायको लागि सिंगो देश एक ठाउँमा उभिएको बताए ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com